Techie IT
आईतबार, वैशाख ७,२०८२

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ


कपिलवस्तु । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका–१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा वोहरा समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपैयाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545