अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाण्डौं । अछाममा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाही छन् ।
यस्तै कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामी छन ।
सोही कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परी ११ जना घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अछाम, #अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुग्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्