Techie IT
सोमबार, वैशाख ८,२०८२

तीन दर्जन भन्दा बढी पत्रकारलाई पुरस्कृत गर्दै प्रेस काउन्सिल नेपाल


काठमाडौं । प्रेस काउन्सिल नेपालले यो वर्ष तीन दर्जन भन्दा बढी पत्रकार र केही सञ्चारमाध्यमलाई समेत पुरस्कृत गर्ने भएको छ ।

काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा ती पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्न लागिएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो शुक्रबार बसेको प्रेस काउन्सिल बोर्ड बैठकले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रेस काउन्सिल नेपालले यही असोज ६ गते ५३औँ वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार वितरण गर्ने काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमको अनुगमन र मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन भूमिका खेल्दै आएको छ ।

पुरस्कृत हुने पत्रकार र सञ्चार माध्यमको नामावली–


क्याटेगोरी : समाचार
ट्याग : #प्रेस काउन्सिल नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545