Techie IT
बुधबार, माघ २३,२०८१

राजधानीमा एमालेको बृहत् पदयात्रा (फोटो फिचर)


काठमाडौं । नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा बृहत् पदयात्रा (वाकथन) गरेको छ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पदयात्रा गरिएको नेकपा एमालेले जनाएको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा भएको पदयात्रा काठमाडौंको बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट एकसाथ सुरू भएको थियो। पदयात्रा वसन्तपुरमा गएर टुंगिएको छ।

वाकथनमा एमालेका शीर्ष नेता, जनवर्गीय संगठनका पदाधिकारीलगायतको ठुलोसंख्यामा नेता कायर्कर्ता, शुभचिन्तक एवं सर्वसाधरणको सहभागीता थियो ।

पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले राष्ट्र र राष्ट्रियतासहित सबै क्षेत्रमा असाधारण काम गरेको बताउनुभयो ।

प्रतिनिधि सभाको कार्यकाल आज रातिदेखि सकिने भन्दै उहाँले यो ५ वर्षको अवधि उपलब्धिमूलक रहेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #बृहत् पदयात्रा, #संविधान दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545