अविरल वर्षाका कारण कैलालीको भजनीका ६ सय ५० घर डुबानमा

धनगढी ।अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिका क्षेत्रका ६ सय भन्दा बढी घर डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले भजनी नगरपालिकाको वडा नं ५, ७ र ८ का करिब ६ सय ५० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित बस्तीमा प्रहरी टोली परिचालन गरिएको डिएसपी वेद जोशीले बताउनु भयो । नगरपालिका क्षेत्रमा पर्ने कान्द्रा र पथरैया नदीमा बाढीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
भिमदत्त राजमार्ग अवरुद्ध
लगातारको वर्षासँगै पहिरो खसेपछि धनगढी डडेल्धुरा भिमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत पर्ने कैलालीको चुरे गाउँपालिका वडा नं. ५ र ६ स्थित विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा झण्डै एक दर्जन सवारी साधन बिचमै रोकिएका छन् । राजमार्ग खुलाउने पहल भइरहेको डिएसपी वेद जोशीले बताउनुभयो ।
यसैबीच कैलालीमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण धनगढीसहित अधिका क्षेत्र जलमग्न भएका छन् । वर्षाका कारण जिल्लाको दक्षिणपूर्वी क्षेत्रको जनजीवन सबैभन्दा प्रभावित भएको छ । मोहना, कर्णाली, कान्द्रा, काडा लगायतका ठुला साना नदीमा जलस्तर बढ्दै गएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अविरल वर्षा, #कैलालीको भजनीका ६ सय ५० घर डुबानमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्