Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न


चितवन । चितवन प्रहरीले (बिहीबार) नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र समाधान, प्रहरीप्रति नागरिकको विश्वास बढाउन कार्यक्रम आयोजना गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा भरतपुर महानगरपालिका वडा नंम्बर २ स्थित उद्योग बाणिज्य संघ चितवनको सभाहलमा बिहीबार नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उद्योग बाणिज्य संघ चितवनको सहकार्यमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भएको सो, कार्यक्रमका सहभागीहरुले जिल्लाको समग्र शान्तिसुरक्षा, चाडपर्व लक्षित सुरक्षा र अपराध नियन्त्रण तथा रोकथाम सम्बन्धमा उठेका प्रश्न र शान्तिसुरक्षा सम्बन्धी गुनासोको बिषय उठाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले शान्तिसुरक्षा प्रत्याभुतीको लागि सार्वजनिक र निजी क्षेत्र मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिदैं व्यवसायीहरु पनि आफ्नो सुरक्षाको विषयमा आफु पनि चनाखो हुनुपर्ने बताए ।

उद्योगी व्यवसायी एवं नागरिकबाट उठेका प्रश्नको सम्बोधन गर्दै प्रहरी उपरीक्षक अधिकारीले नागरीकहरु पनि बिना बर्दीको प्रहरी भएकोले अपराध नियन्त्रणको लागी प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न सकियो भने मात्रै केही हदसम्म अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए ।

समुदाय–प्रहरी साझेदाी अवधारण बमोजिम सर्वसाधरणको सहयोग, सद्भाव र सहकार्यमा अगाडी बढ्ने बताउँदै उपरीक्षक अधिकारीले प्रहरीको एक्लो प्रयासले केही गर्न नसक्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका १ का वडा अध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष विकास थापा, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेले मन्तव्य राखेका थिए ।

नागरिक सुनुवाइ कार्यक्रममा उद्योग संघ, उद्योग बाणिज्य संघ, सुनचाँदी, हार्डवयर, किराना, फेन्सी, होटल, स्थानीय तह, टोल विकास संस्था, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, स्थानीय भद्रभलादमी गरी अन्दाजी ८५ जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक देवराज शर्माले सञ्चालन गरेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545