Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने


काठमाडौं । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो ।

कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुन लागेको हो ।

गत वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ भएको थियो भने पालिकास्तरमा हुने कक्षा ८ को परीक्षा अधिकांशमा एकै समयमा भए पनि कतिपय पालिकापिच्छे फरक–फरक समयमा हुँदै आएको छ ।

तल्लो तहको परीक्षाको परीक्षाफल प्रकाशनमा ढिलाइ वा अन्न्योल हुँदा माथिल्लो तहको विद्यार्थी भर्नामा अन्योल हुने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय परीक्षा बोर्ड, #सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545