कारागार व्यवस्थापनका लागि बजेटको अभाव छ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयकले कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने उद्धेश्य बोकेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा कारागार विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै खाणँले विधेयकले कारागार सुधार र व्यवस्थापनलाई संवेदनशील रुपमा लिएको बताए ।
कारागार विधेयकले कारागारलाई एउटा बन्दी गृह या पूरानो प्रचलनमा जेल भन्ने गरिन्थ्यो । त्यसलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने यो विधेयकको मुल उद्धेश्य हो ।
गृहमन्त्री बालकृष्ण खाँणले कारागारमा महिला, पुरुष, जेष्ठ नागरिक, शारिरीक अपांग भएकाहरु र निर्दोष बालबालिकाहरु अभिभावकसँगै पुग्ने बताउँदै उनीको व्यवस्थापन गर्ने दायित्व सरकारको रहेको जिकिर गरे ।
कारागारमा महिलाहरु पनि हुनुहुन्छ, पुरुषहरुपनि हुनुहुन्छ । उमेरले जेष्ठ नागरिकहरु पनि हुनुहुन्छ र शारिरीक अपांग भएका, गर्भवति महिला पनि हुनुहुन्छ । कारागारमा विभिन्न अपराधमा दोषि भएकाहरु कारागारमा बस्ने क्रममा निर्दोष स–साना बालबालिकाहरु पनि आफ्ना अभिभावकसँग पुगेका हुन्छन् । तिनीहरुको व्यवस्थापन गर्ने दायित्व पनि राज्यको हो । यो विधेयकले त्यसलाई पनि ज्यादै नै संवेदनशील रुपमा लिएको छ ।
यस विधेयकले प्रजनन् सम्बन्धि अधिकारलाई पनि सुनिश्चिता गर्ने कोशिस गरेको उनको भनाई छ । साथै, कारागार भित्र रहेको नागरिकहरुको क्षमतालाई प्रयोग गर्न सक्ने र मुलुकको उत्पादनसँग जोड्ने विषयको व्यवस्थापनलाई कारागार विधेयकले सुनिश्चित गरेको उनले बताए ।
कारागार विधेयक–२०७८ सन्दर्भमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्