लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध

काठमाडौं । लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।
लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध, #लमजुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्