Techie IT
आईतबार, वैशाख ७,२०८२

मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न एक जना पक्राउ


मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका वडा नंम्बर ७ स्थायी घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ५ बस्ने बर्ष ४८ को खेम प्रसाद भट्टराई रहेका छन् ।

भट्टराईले म्याग्दी वेनी नगरपालिका वडा नंम्बर १० स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २ गोलाघाटमा परीवारसंग बस्दैआएकी एक महिलालाई कुवेत पठाइदिन्छु महिनाको ५० हजार रुपैयाँ तलब आउँन्छ भनी पीडितलाई झुक्याएर भारत पुर्‍याइ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवन तथा साना हातहरु नेपालको टोलीले सोमबार बिहान दस बजेको समयमा नारायणगढको पुलचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टराईले भारत हुँदै कुवेत लगी बिक्री गर्ने मनशाय राखी पीडितलाई यो विषयमा कसैलाई पनि नभन्नु भनी सिकाई ललाईफकाई लैजादै गरेका थिए । पक्राउ परेका भट्टराई विरुद्ध मानव वेचविखन तथा ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545