Techie IT
मंगलबार, वैशाख ९,२०८२

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो


काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरासँग बयान लिने क्रम सम्पन्न गरेको छ ।

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले समितिले तयार पारेको ४३ मध्ये आज बाँकी ८ प्रश्नको जवाफ दिनुभएपछि बयान दिने क्रम सकिएको हो ।

बयानका क्रममा उहाँले आफ्नो बचाउ गर्नुभएको समितिका सदस्य एवं काँग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बयानमा जबराले नाम लिनुभएकाहरुसँग पनि समितिले छलफल गर्ने तयारी गरेको छ ।

साथै नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीशलगायतलाई बोलाउने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545