Techie IT
आईतबार, वैशाख ७,२०८२

रङ्गशाला बनाउन गोलढुङ्गामा सप्ताह


तारकेश्वर काठमाडौ । प्रस्तावित सुर्दशन गोलढुङ्गा स्मृती रङ्गशाला निमार्ण गर्नेका लागी श्रीमद भागवत सप्ताहा ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकुद समाज द्धारा आयोजना गरिन लागेको सो महायज्ञ फागुन ४ गते बाट शुरु भई फागुन १० गते समापन हुने आयोजकले बताएको छ ।

वाचन प्रवीण दीनबन्धु पोखरेल ज्यूको मुखारबिन्दुबाट बाचन गरिने सो महायज्ञबाट संकलित रकमले रङ्गशाला निमार्णमा ठुलो सहयोग हुने गोलढुगां खेलकुद समाजको बिश्वास रहेको समितिका सचिब हरि तिमिल्सिनाले बताए ।

सो महायज्ञमा दाताहरुको बर्गीकरण गरी सम्मान समेत गरिने र उपस्थीतीका लागी सम्पूर्ण खेलकुद प्रेमी , धर्म प्रेमी एवं सम्पूर्ण तारकेश्वरबासीमा गोलढुगां खेलकुद समाजले हार्दीक अपिल समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोलढुगां खेलकुद समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545