प्रजातन्त्र दिवस तीन दिन मनाइने

सरकारले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।
दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै फागुन ७ गते मुख्य दिन राष्ट्रपतिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरिने समितिले जनाएको छ ।
सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरिनेछ । कार्यक्रममा उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।
उपत्यका बाहिर प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा तथा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा दिवस मूल समारोह समिति बनाइ विभिन्न कार्यक्रम गरिनेछ । काठमाडौँमा दिवस मनाउनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा व्यायाम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
जिल्ला सदरमुकामबाहेकका स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी प्रभातफेरी, प्रवचन, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिनेछ । यस्तै फागुन ६ देखि ८ गते तीन दिन साँझ दिपावलीसमेत गरिने मूल समारोह समितिले जनाएको छ । आज बसेको समितिको बैठकले विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा विभिन्न कार्यक्रमसहित तीनै दिन साँझ दिपावली गर्ने समितिले निर्णय गरेको छ ।
विसं २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रजातन्त्र दिवस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्