Techie IT
सोमबार, वैशाख ८,२०८२

काँग्रेस १०० सिटको अडानबाट पछाडि नहट्ने, गठबन्धनबीच जुटेन सहमति


काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शिर्ष नेताहरूको सिट बाँडफाँडका लागि बैठक चलिरहेको छ । तर, सिट बाँडफाँडमा सहमति जुट्नेभन्दा नजुट्ने सम्भावना धेरै भएको श्रोतले बताएको छ ।

‘शिर्ष नेताहरू द्विपक्षीय र त्रिपक्षीय बैठक गरिरहेका छन् । तर, सहमति जुट्ने सम्भावना देखिदैन । संख्यामा भन्दा एउटै निर्वाचन क्षेत्रमा दुईभन्दा बढी दलको दावी हुँदा अफ्ठ्यारो भएको छ’ श्रोतले भन्यो ।

तर, दलहरू मिल्नु विकल्प नभएमा भने सबै सहमत छन् । एक काँग्रेस नेताका अनुसार काँग्रेसले ८० सिटमै चित्त बुझाउँदा पनि मिलाउन गाह्रो छ । यद्यपी काँग्रेस १०० सिटको अडानबाट पछाडि नहटेको ती नेताले बताउनुभएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गठबन्धनबीच जुटेन सहमति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545