Techie IT
आईतबार, वैशाख ७,२०८२

केपी ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर स्वागत


काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर स्वागत गरिएको छ।

एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उहाँलाई स्वागत गर्नुभएको हो । त्यस क्रमम्मा विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको नेताहरूले दाबी गरे।

जसपाका मधेस प्रदेससभा सदस्य अंजु कुमारी यादव, नेकपा एसका नेता तथा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री अरबिन्द साह, कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव लगायतका दर्जनौं नेताहरूलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545