Techie IT
आईतबार, वैशाख ७,२०८२

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


जबर्जस्ती करणी मुद्दाका फरार एक प्रतिवादी लाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौँडाको २०७७ चैत १२ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा ९ वर्ष कैद र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको सजाय भुक्तान गर्न बाँकी रहेका राप्ती नगरपालिका वडा नंम्बर ७ का ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरीको टोलीले आज (आइतबार) पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फरार प्रतिवादी खोजीकार्यलाई तीव्रता दिएसंगै प्रहरीले जबर्जस्ती करणीको मुद्दामा दुई बर्षदेखी फरार रहदै आएका डल्लाकोटीलाई राप्ती नगरपालिका ७ बाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका डल्लाकोटीलाई कैद तथा क्षतिपूर्ति भुक्तानको लागि आजै सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545