Techie IT
आईतबार, वैशाख ७,२०८२

भण्डाराका प्रहरी निरीक्षक गुरुङको एक्सन : चोरी भएको मोटरसाइकल सहित एक जना पक्राउ


चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ३ झुरझुरेबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको चेकजाँच टोलीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भारत बेतिहारी घर भई कास्की जिल्ला पोखरा महानगरपालिकाको लेखथान ४ बस्ने २० बर्षीया अबरार अन्सारीलाई हिजो (शुक्रबार) पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार अन्सारीले
लेखनाथ १७ बाट ग २२ प ६६०४ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । उनलाई चोरी भएको मोटरसाइकल भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको बताइएको छ ।

प्रहरीको चेकजाँच टोलीलाई छल्ने क्रममा आफैं  अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बरामद गरिएको मोटरसाइकल आज (शनिबार) जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको प्रहरीको टोलीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545