Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप २ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनंसख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ भने थप १५२ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार २९४ जनामा गरिएको परीक्षणमा थप १५२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कोरोनाको कारण एक जनाको मृत्यु भएको थियो भने २२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, शुक्रबार थप १३३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा हाल २ हजार ४ सय ४८ जना सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545