सल्यानमा ११ सयभन्दा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
![](https://www.sajhapana.com/wp-content/uploads/2022/09/सल्यान.jpg)
सल्यान । स्थानीय तहको चुनावमा उम्मेदवारी दिएका सल्यानका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ ।
जिल्लाका १० स्थानीय तह र ८३ वटा वडाहरूमा गत वैशाखमा सम्पन्न चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयमा अझै खर्च विवरण नबुझाएका हुन ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार निर्वाचन समय भित्र २ सय २१ जनाले मात्र खर्च विवरण बुझाएका छन् भने १ सय ५६ जनाले बिलम्ब गरी खर्च विवरण बुझाएका छन् ।
स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ८० उम्मेदवार भएपनि १ हजार १ सय ३ जनाले अझै खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (४) बमोजिम सफाइ सहितको स्पष्टीकरण ७ दिनभित्र पेश गर्न आग्रह गरिएको उहाँको भनाई छ ।
नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवारी दिई निर्वाचनको खर्च विवरण नबुझाउने र कानूनले तोकेको समयावधि समाप्त भई सके पनि वास्ता नगर्ने उम्मेदवारलाई मौका स्वरूप एक साताभित्र सफाइ पेश गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र पालिका चुनाव ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० मा चुनाव खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाई सहित निर्वाचन कार्यालय समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सल्यान, #सल्यानमा ११ सयभन्दा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्