Techie IT
सोमबार, वैशाख ८,२०८२

चलचित्र ‘ऐना झ्यालको पुतली’ आजदेखि प्रदर्शनमा


काठमाडौं । नेपाली चलचित्र ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शन हुँदैछ । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले भाइको कथा, दिदीको सपनाको कथा, आमाको संघर्ष र बाल्यकालीन समयको यस्तै, परिवार भित्रका सुख दुःखहरुलाई पनि चलचित्रले समेटेको छ ।

प्रिमियरको प्रतिक्रियालाई हेर्दा यो फिल्मलाई सबै उमेरका दर्शकले रुचाउन सक्छन् । ‘ऐना झ्यालको पुतली’ लाई नेपाली परिवेशको ‘अर्गानिक’ नेपाली फिल्म भनिएको छ ।
फिल्म समीक्षक र प्रिमियरमा सहभागी दर्शकले यो फिल्मको प्रशंसा गरेका छन् । यो फिल्मको लेखकसमेत रहेका बिडारीले आफ्नो बाल्यकाल र किशोरावस्थाका कथाहरू, भोगाइ, घरगाउँ, आफन्त र साथीहरूका जीवनका घटनालाई फिल्ममा समेटेको बताउनु भएको छ ।

१ घण्टा ३० मिनेट लामो फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । कञ्चन चिमरिया, दिनेश खत्री र सिरु विष्टको फिल्ममा प्रमुख भूमिका छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #ऐना झ्यालको पुतली, #चलचित्र ‘ऐना झ्यालको पुतली’ आजदेखि प्रदर्शनमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545