Techie IT
मंगलबार, वैशाख ९,२०८२

टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको छ: रामवरण यादव


काठमाडौं । बिहीबार काठमाडौंमा आयोजित बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादव ले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताएका छन् ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्न्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेको तर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।

कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #रामवरण यादव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545