Techie IT
आईतबार, वैशाख ७,२०८२

उम्मेदवारबारे नेकपा एमालेले छानविन गर्दै


काठमाडौैं । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार आएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

‘बिहीबार बिहानसम्म तीन प्रदेश (गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति) को सिफारिस आइसकेको छ । अरु आउने क्रममा छ’, सचिव अधिकारीले भन्नुभयो, आज बेलुकासम्म सबै प्रदेशको आइसक्छ भन्ने अपेक्षा छ ।’ एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

सचिव अधिकारीले आएका सिफारिसबारे छानविन पनि भइरहेको बताउनुभयो । एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #उम्मेदवारबारे नेकपा एमालेले छानविन गर्दै, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545