स्वतन्त्रको दवाव थेग्न सक्ने देखिएका युवराज बस्ताकोटी कांग्रेस गोरखाबाट समानुपातिक सांसद ( खस आर्य ) का लागि सर्वसम्मत सिफारिस, को हुन् उनी ?
काठमाडौं । नेपाली कांग्रेस, संघीय क्षेत्र नं १, गोर्खाले बौद्धिक युवा नेता युवराज बस्ताकोटीलाई समानुपातिक सांसदका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ। स्थानीय जनतामा नैतिकता र शिक्षाले भरिएको साधारण व्यक्तिका रुपमा चर्चित नेता बस्ताकोटी ल्हो प्रोफाइलमा बस्न रुचाउने उच्च बिचारका धनि छन्।
परिवार र समाज प्रति उत्तरदायी बनेर सफा व्यवहार गर्न सक्ने मानिस मात्रै राजनीतिमा आउदा सामाजिक शान्ति र सद्भाव कायम हुन्छ भन्ने मान्यता बोकेका बस्ताकोटी, गोरखाको बिकास निर्माणको अधिकार स्थापित गर्न राजनीतिमा सकृय रहने गरेको बताउँछन्। निःस्वार्थ र भ्रष्टाचार बिरोधि व्यक्तिका रुपमा परिचित बस्ताकोटी एकाध पैसाको खेल चाहने बाहेक हरेक पार्टीका जनताको मनमा बस्न सफल व्यक्तिका रुपमा चिनिन्छन्। कडा मिजास तर सत्यको पक्षधर थोरै व्यक्ति भित्र पर्ने बस्ताकोटीका हजुरबा हिमलाल बस्ताकोटी, कृष्ण प्रसाद भट्टराईका असली स्थानीय कार्यकर्ता रहेको बताइन्छ।
विस २०१५ को आम निर्वाचनमा किसुनजी गोरखाबाट चुनाव लड्दा हजुरबा बस्ताकोटी लगायतका स्थानीय मानिसले साथ दिएका थिए। बस्ताकोटीका आमा दुर्गा देवि बस्ताकोटी २०४८ साल देखिको निरन्तर कृयाशील स्थानीय महिला सदस्य हुन् । त्यस्तै, उनका मामा डिल्लीराम न्यौपानेलाई तत्कालीन माओवादीले हत्या गरेकाले, युवराज बस्ताकोटी शहिदका भानिज समेत हुन्। तीन पुस्ता देखि कांग्रेसमा सकृय युवराज बस्ताकोटीका ठुलाबा यदुनाथ बस्ताकोटी, आज पनि ८९ बर्षमा स्थानीय रुपमा कांग्रेसमा सकृय बयोवृद्ध हुन्। विद्यालय शिक्षा लिंदै गर्दा देखि सकृय बस्ताकोटी पाटन क्याम्पसमा विद्यार्थी नेता केदार बस्नेत, अनन्त श्रेष्ठलाई स्ववियु सभापतिमा विजयी गराउन सकृय रणनीतिकार मध्यका एक हुन् । धेरै निर्वाचनमा रणनीतिक सहयोग गर्दै आएका बस्ताकोटी राजनीतिक रणनीतिकारका रुपमा परिचित छन् ।
उनको तरिकालाई प्रयोग गर्ने व्यक्ति डेमोक्रेसीमा असफल हुदैन भन्ने आम विश्वास बढ्न थालेको पर्यवेक्षकहरु बताउछन्। बस्ताकोटीको रणनीतिक दिमागलाई प्रयोग गर्नु पर्ने केहि कांग्रेस नेताले बताउने गर्छन् भने कतिपयले अज्ञानता प्रकट गर्छन्। पार्टीको हित र सफलताको लागि युवराज बस्ताकोटी समानुपातिक उमेदवार बनेर देशव्यापी चुनावी अभियानमा लाग्नु पर्ने एक थरि कांग्रेसले बताएका छन् यद्यपि बस्ताकोटी, डा ससांक कोइराला, प्रकाश मानसिंह, डा शेखर कोइराला, प्रदिप पौडेल, रमेश रिजाल आदि नेता सँग कामको शिलशिलामा जोडिए पनि गुटमा सकृय देखिदैनन् । ” उनी लिष्टमा परेनन् भने, मात्र गुटगत राजनीतिको शिकार भएछन् भनेर बुझिने छ,” पृथ्वीनारायण क्याम्पसका एक प्राध्यापकले बताए। गण्डकी प्रदेश अधिवेशनमा सह महामन्त्री पदमा एक्लै उठ्दा पनि झण्डै १२% मत प्राप्त गरेका बस्ताकोटी सर्वाधिक जन सम्पर्क भएका व्यक्तिका रुपमा चिनिन्छन्।
भारतीय तथा केहि युरोपियन राजनीतिक व्यक्तिसँगको संगत भएका कारण मानिसहरु उनको अन्तराष्ट्रिय सम्बन्धलाई प्रयोगमा ल्याउनु पर्ने पनि बताउछन् । शिक्षा र सामाजिक कार्यमा सकृय रहदै आएका बस्ताकोटी नेपालमा गनिने केहि सिमित संख्यामा रहेका दृष्टिकोणयुक्त व्यक्तिका रुपमा पनि परिचित छन्। पार्टीको उमेदवार भएर पनि सबै पक्षको विश्वास जित्न सक्ने सम्भावना भएका बौद्धिक तथा इमानदार व्यक्ति बस्ताकोटीलाई यसपटक पार्टीलाई स्वतन्त्रहरुको दवाव थेग्न र धेरै सिट विजयी गराउन समानुपातिक वा प्रत्यक्ष उमेदवार बनाउनु अत्यावश्यक भएको पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा मतदाताले बताएका छन् ।
बस्ताकोटीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र ग्रामीण विकासमा स्नातकोत्तर र अर्थशास्त्रका स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयमा ” सामाजिक कार्य ” अन्तरगत विकास रणनीतिमा पिएचडि शोधार्थी पनि हुन् । लामो समय देखि शिक्षा र सामाजिक क्षेत्रमा कार्यरत रहेका बस्ताकोटी सार्वजनिक हितका लागि आवाज उठाउदै आएका जनताका पृय व्यक्ति हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #युवराज बस्ताकोटी
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्