संसदको कार्यकाल बढाउने सम्बन्धी विधेयक फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले संसदको कार्यकाल बढाउने सम्बन्धी विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।
विधेयकप्रति गम्भीर विमति जनाउँदै तामाङ आफूहरूलाई विधेयक स्वीकार्य नहुने बताए । कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै तामाङले विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।
‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिए भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँले व्यहोर्नुपर्छ,’ चेतावनी दिँदै तामाङले भने, ‘हामी जिम्मेवार प्रतिपक्ष मात्र होइनौँ संसद्को जिम्मेवार टाइगर पनि हौँ । यसरी लोकतन्त्रको इकोसिस्टम बिगार्दै हिँड्ने हो भने हामी यहाँबाट निस्कने अवस्था आउन सक्छ । यस्ता विषयलाई ख्याल ख्यालको विषय नबनाऔँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर तामाङ, #संसदको कार्यकाल बढाउने सम्बन्धी विधेयक फिर्ता लिन एमालेको माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्