गुल्मी २ प्रदेश (ख) प्रदेश सभा सदस्यमा कांग्रेस युवा नेता अर्याल सिफारिस

गुल्मी । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले नाम सिफारिस गरि उम्मेदवारको नाम टुंग्याएको छ। सिफारिस गर्ने क्रममा गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ युवा नेता विष्णु प्रसाद अर्याल सहित ७ जनाको नाम सिफारिस गरेको छ ।
निर्वाचन नजिकिएसंगै गुल्मी क्षेत्र नम्बर २ चुनावी रौनकले तातेको छ । गुल्मी क्षेत्र नम्बर २ जिल्लाकै अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहदै आइरहेको छ ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका र पटकपटक पार्टीको सभापति हुदै पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका विष्णु प्रसाद अर्याल यस पटक गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ सिफारिसमा परेका हुन् ।
राजनीतिसंगै व्यवसायमा सक्रिय अर्याल हाल काठमाडौंमा व्यवसाय गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले लामो समय ने.बि.संघ हुदै नेपाली कांग्रेस अर्जेको पार्टी सभापतिको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ । समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य बनेर आफ्नो प्रदेशको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र गुल्मी कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको अर्यालले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णु प्रसाद अर्याल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्