Techie IT
आईतबार, वैशाख ७,२०८२

महासचिव पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस हुनुभएको छ ।

आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनका अनुसार बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउँदै जिताउने अठोट पनि गरेको छ । एमाले महासचिव पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ तोक्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545