पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस
पाँचथर । नेकपा एमाले पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस भएका छन् ।
प्रतिनिधिसभाको एक मात्रै क्षेत्र रहेको पाँचथरमा एमालेको तर्फबाट नेम्वाङ सर्वसम्मतले सिफारिस भएका हुन् ।
आइतबार बसेको एमाले पाँचथरको छैटौँ जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सिफारिस गर्ने निर्णय गरेको हो । पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।
यस्तै नेकपा (एमाले)ले पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क का लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
फिदिममा सम्पन्न भएको प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको पूर्ण बैठकले सहमतिमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख का लागि भने छलफल भइरहेको पार्टीका जिल्ला उप–सचिव पृथ्वी लावतीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले पाँचथर, #पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस, #वसन्तकुमार नेम्वाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्