Techie IT
सोमबार, वैशाख ८,२०८२

कान्तिपुर मलद्धारा दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज


काठमाडौं । विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ ।

मलका चारै कुना सजाईएछ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् ।

उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।

कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतम बताउनुहुन्छ ।

मलमा वित्तीय संस्था, सैलुन, गुदपाक, लत्ताकपडा, ईलेक्ट्रोनिक्स आईटम, रेस्टुरेन्टलगायतका सेवासुविधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटवाल बताउनुहुन्छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #कान्तिपुर मल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545