Techie IT
शनिबार, वैशाख ६,२०८२

युवा नेता भट्ट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट सिफारिस


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुन सुशील भट्टले आवेदन दिएका छन्।

नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय भट्टले मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार हुन पार्टी क्षेत्रमा आवेदन दिएका हुन्।

उनले पार्टी केन्द्रसम्म आफ्नो पहुँच नभए पनि जनता र कार्यकर्तासँग पहुँच भएकोले प्रत्यक्षतर्फ चुनाव लड्नका लागि उम्मेदवारका लागि आवेदन दिएको बताएका छन्।

राजनीतिमा युवाहरू सक्रिय रहनुपर्ने र आगामी संसदमा पनि युवाको प्रतिनिधित्व हुनुपर्नेमा आफू सचेत रहेकोले अघि बढेको भट्ट बताउँछन्।

यसपालि कांग्रेसमा देशैभर युवाहरूले उम्मेदवार हुन क्षेत्रमा आवेदन दिइरहेका छन्। कांग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार क्षेत्र, जिल्ला र प्रदेशको सिफारिसअनुसार केन्द्रीय संसदीय बोर्डले टिकट दिने व्यवस्था छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा चुनाव, #सुशील भट्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545