केपी ओली र शेखर कोइरालाबीच बालकोटमा भेटवार्ता

काठमाडौं । गृहजिल्ला झापा जानुअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच बालकोटमा भेटवार्ता भएको छ । गठबन्धनमा सिटबाँडफाँडमा रस्साकस्सी भइरहेको बेला कांग्रेसका नेता डा। शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।
उहाँहरूबीच करिव डेढ घण्टा कुराकानी भएको बालकोट श्रोतले बताइएको छ । बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको बताएको छ । ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आउनुभएको छ ।
केही दिनअघि कांग्रेसका अर्का नेता डा।मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गर्नुभएको थियो । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो ।
प्रचण्ड र माधवको कुनै अर्थ छैन यता नभए एमालेसंग मिल्छौ भनेर काँग्रेसलाई दवावमा राखेका हुन, ढुक्क हुनुहोस् एमालेले उनीहरूसँग तालमेल गर्दैन’ ओली काँग्रेस नेतालाई भनेको श्रोतले बताएको छ । ओली भेट्न जाने काँग्रेस नेताहरूले ओलीलाई ‘तपाईहरू फेरि मिल्नुहुन्छ भनेर शेरबहादुर दाई डराउनु भएको छ ।’ भन्ने गरेको श्रोतले बताएको छ ।
उता काँग्रेसभित्रै पनि किटकका लागि किचलो चुलिदों छ । शेरबहादुरले पेलेरै जाने मनशाय राखेकाले काँग्रेसभित्रका पनि विपक्षी समूह त्रसित छ । उहाँहरू त्यस्तै परे एमालेसँग मिलेर चुनाव जाने विषयमा पनि सोचिरहनु भएको श्रोतले दावी गरेको छ । एकसय सिट नभए काँग्रेसभित्रै बाँडफाँड नमिल्ने, काँग्रेसलाई सय सिट छाडेर गठबन्धन नहुने भएकाले गठबन्धन नै सकसमा छ । देउवाको बुधबारको अभिव्यक्ति सिट बाँडफाँडमा काँग्रेसले कम सिट लिएर पनि गठबन्धन जोगाउने खालको रहेको थियो ।
त्यसैले पनि काँग्रेसको स्ंस्थापन इतर समूह एमाले अध्यक्ष ओलीसँग भेटवार्ता बाक्लो बनाएको बताइन्छ । गठबन्धनका अन्य दलको भागमा पर्ने क्षेत्रका काँग्रेसका स्थानीय नेताहरूको पनि अहिले बालकोट आउजाउ बाक्लिएको श्रोतको दावी छ । एमालेका एकथरी नेताहरू पनि राष्ट्रिय स्तरमा कसैसँग घोषित एकता नगर्ने जिल्ला तथा क्षेत्रस्तरमा काँग्रेसको शेखर पक्षसँग तालमेल गर्ने बताउँदै आउनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी ओली र शेखर कोइरालाबीच बालकोटमा भेटवार्ता, #केपी शर्मा ओली, #शेखर कोइराला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्