न्युयोर्कको म्यानहटनमा गोली प्रहार, २ जनाको मृत्यु

न्युयोर्क । न्युयोर्कमा म्यानहटनमा भएका छुट्टा छुट्टै गोली प्रहारका घटनामा २५ बर्षकी महिला र २६ बर्षमा पुरुषको मृत्यु भएको छ । एकजनाको घटनास्थलमा नै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिलो घटनामा २५ वर्षीया महिलालाई मास्क लगाएको अश्वेत बन्दुकधारीले गोली हानेको थियो । उनी युनियन स्क्वायर नजिक इस्ट १४ स्ट्रीटमा हिँड्दै गरेको बेला गोली हानिएको थियो । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
न्युयोर्क युनिभर्सिटी नजिकै गोली चलाइएको थियो । तर मृतकको युनिभर्सिटीसँग सम्बन्ध भए नभएको स्पष्ट छैन । हत्यारा घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ ।
त्यसको केही घन्टा पछि अर्को गोली काण्ड केही ब्लक टाढा इस्ट १२ औं स्ट्रीटमा एभिन्यु सी र डी बीचमा भएको थियो । उक्त घटना एउटा विद्यालयबाहिर भएको थियो ।
गोली चलेपछि नजिकैका मानिसबीच भागदौड मच्चिएको थियो । विद्यालयको नजिक गोली चलेपनि विद्यालय अर्को साताबाट खुल्ने भएकाले त्यहाँ कुनै बालबालिका वा कर्मचारी भने थिएनन् ।
२६ वर्षीय पुरुषको टाउकोमा गोली लागेको र उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएकोमा उनको अस्पतालमा निधन भएको थियो । अनुसन्धान जारी रहेको र गोलीकाण्ड लक्षित रहेको देखिएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन सकेको छैन । गोली चलाउने व्यक्ति फरार छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गोली प्रहार, #न्युयोर्क
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्