सिट बाँड्न गठबन्धनमा अझै सकस,बिहीबारको बैठक निष्कर्षविहीन
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँड्न बसेको बिहीबारको बैठक निष्कर्षविहीन बनेको छ ।
दलका शीर्ष नेताहरुबीच भएको छलफलमा आआफ्नै अडान प्रस्तुत भएपछि सहमति हुन नसकेको हो । नेपाली कांग्रेसले ९० सिट नछाड्ने दाबी प्रस्तुत गरेको थियो भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेसलाई ८० सिटमा खुम्च्याउन चाहन्छन् ।
हिजोको बैठकमा दलहरुले गम्भीररुपमा छलफल गरेको भने पनि ठोस उपलब्धि भने हुन सकेन । सरकारका प्रवक्ता एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले निष्कर्ष निकाल्न अझै केही दिन लाग्ने बताए ।
उनले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै अब दुई धैर्य बन्न र त्यसपछि एउटा ठोस निष्कर्ष दिइने बताए । उनले भने, ‘सबैलाई सम्मानजनक, न्यायोचित ढंगले सिटको बाँडफाँट हुनेछ, अझै एक वा दुई पर्खिनुहोस् ।’
विशेषगरी सिट संख्यामै कुरा नमिलेको गठबन्धनका नेताहरु बताउँछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले छलफल गहन भएको तर संख्यामै सहमति हुन नसकेको बताए ।
गठबन्धन दलका नेताहरुले कांग्रेसले आफूहरुलाई पेलेको आरोप लगाउँदै आएका छन् । केही दिनअघिको भाषणमा नेकपा एसका अध्यक्ष माधव नेपालले अरुको भ¥याङमात्रै बनेर अघि बढ्न नसकिने बताएका थिए । भेदभाव गरिए गठबन्धनमा बस्नुको औचित्य नहुने उनको आशय थियो ।
त्यस्तै, माओवादी केन्द्रले पनि कांग्रेसलाई एकलौटी रुपमा धेरै सिट दिन नहुने भन्दै अन्य दलहरुसँग त्यही किसिमले मोर्चाबन्दी गरिरहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्