यस्तो ठाउँ जहाँ महिलाको योनीलाई पूजा गरिन्छ !

भारतको पूर्वोत्तरमा पर्छ असम राज्य । यो राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो ।
भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रशिद्ध मानिन्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ ।
त्यसैकारण भक्तजनहरूले यो स्थानलाई साधनका लागि प्रमुख केन्द्रका रुपमा लिन्छन् । यो मन्दिरमा जसको पनि इच्छा पूरा हुन्छ । सोही कारण यो मन्दिरको नाम कामाख्या मन्दिर राखिएको हो ।
मन्दिरको तीन भाग छ । पहिलो भाग सबैभन्दा ठूलो छ । यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन । दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ । त्यहाँ कुनै मूर्ति छैन ।
तर, एउटा ढुंगा छ । त्यो ढुंगाबाट पानी बगिरहन्छ । यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने गर्छ । यो किन हुन्छ आजसम्म कसैलाई थाहा छैन ।
(एजेन्सी)
क्याटेगोरी : समाचार
ट्याग : #योनीलाई पूजा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्