‘लिटिल आईकन उदयपुर’ को पहिलो अडिसन सम्पन्न, अन्तिम अडिसन भाद्र १८ मा हुँदै

काठमाडौँ — भाद्र १६, २०७९।
विङ्स इन्टरटेन्मेन्टद्धारा आयोजना गरिएको बालबालिका केन्द्रित ‘लिटिल आईकन उदयपुर’ को पाचौं संस्करणको लागि प्रथम छनौट प्रक्रिया सम्पन्न भएको छ । उक्त छनौट प्रक्रियावाट ३३ जना सहभागीहरु छनौट गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारिका कारण २ वर्षसम्म स्थगित रहेको उक्त सौन्दर्य प्रतियोगिता यस वर्ष भने विश्व स्वास्थ्य महासंघले जारी गरेको स्वास्थ्य निर्देशिका वमोजिम संचालन गरिने आयोजक संस्थाका संचालक तथा नृत्य निर्देशम एम जे मिथुनले जनाए। साथैप्रतियोगिताको अन्तिम छनौट प्रकृया भाद्र १८ गते हुनेछ।
छनौट गरिएका प्रतियोगीहरुलाई करिव एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ उक्त तालिममा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रममा तालिम प्रदान गरिने आयोजकले जनाएका छन ।
उदयपुर जिल्ला भित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई मध्य नजर गरि उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ ।
प्रतियोगिताका विजेताले ‘लिटिल आईकन उदयपुर’ को उपाधी सहित उच्च शिक्षा अध्ययनमा छात्रवृत्ती, थुप्रै आकर्षक उपहारहरु र अन्य विभिन्न अवसरहरु प्राप्त गर्नेछन।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्