कटारीका नयाँ प्रहरी प्रमुख कार्की भन्छन् : कानुन कार्यन्वयनमा कसैसँग सम्झौता हुँदैन

उदयपुर । ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी प्रमुखमा (डिएसपी) रविन कार्की आएका छन् ।
कटारीको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न यहाँ आइपुगेका कार्कीले आफू कानुन कार्यन्वयनमा प्रतिवद्ध भएर लागिपर्ने बताए ।
उनले कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आफूले नियम र कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका हुन् । ‘म सँग त्यस्तो कुनै कार्य योजना छैन । यो गर्छु र त्यो गर्छु भनेर म कुनै कुरा गर्दिन,’ उनले भने, ‘नियम र कानुन अनुसार चल्ने हो । ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने हो ।’
डिएसपी कार्कीले प्रहरी अहिले नजिकिँदो निर्वाचनतर्फ केन्द्रित भएको जानकारी दिए । ‘शान्तिपूर्ण, भयरहित र निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गर्ने तर्फ प्रहरी केन्द्रित छ,’ उनी भन्छन्, ‘निर्वाचनमा कुनै पनि घटना हुन नदिन चनाखो भएर त्यही हिसावको सुरक्षा व्यवस्था मिलाइने उनलेे बताए ।’
शान्तिसुरक्षाको अवस्था मजवुत बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानका लागि ऐन, कानुन एवं प्रहरी नियमावलीले दिएको अधिकार प्रयोग गर्न कुनै समस्या नहुने डिएसपी कार्कीले बताए । ‘प्रहरी भनेको कानुन कार्यान्वयन गर्ने निकाय हो । कानुन भन्दा बाहिर गएर कसैले पनि काम गर्न सक्दैन ।
उनले भने, ‘सबै पक्षसँग समन्वय गरेर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको नियमित काम मेरो कार्यकालमा हुन्छ । त्यस बाहेक कुनै नयाँ कार्यायोजना मैले बनाएको छैन ।’
उनले अपराध अनुसन्धान एवम् नियन्त्रणका क्रममा कसैले राखेको जिज्ञासा र बुझ्न चाहेको विषयलाई दबाबका रूपमा आफूले नलिने प्रष्ट पारेका छन् । यहाँ देखिएका विद्यमान समस्या निर्मूलीकरण पार्नमा आफ्नो महत्वपूर्ण भूमिका हुने उनलेे बताए ।
उनले भने, ‘आम समुदायमा, विशेष गरी युवा वर्गमा लागूऔषध विरुद्व सचेतना कार्यक्रम र स्कूल, कलेजमा पनि यस्ता किसिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।’ कटारी क्षेत्रमा हुने चोरी, निकासी तथा लागूऔषध जस्ता समस्यामा आफू गम्भीर रहेको बताए । ‘यहाँ हुने चोरी निकासी तथा भन्सार छलीका कुरामा गम्भीर छु,’ उनले भने, ‘मैले पालिकास्तरमा र प्रत्यक चौकीहरूमा यस्ता किसिमका गतिविधि हुन नदिन निर्देशन दिएको छु ।’
पछिल्लो समय सरकारले मंसिर ४ गतेलाई चुनावको घोषणा गरेसँगै खुल्ला सीमा नाकाबाट हातहतियार समेत भित्र्न सक्ने भन्दै उनले त्यसतर्फ पनि आफू सचेत रहेको बताउँछन् ।
उनले भने, ‘चुनावलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउनका लागि निर्वाचन सुरक्षा योजना बनाउने तयारी भइरहेको छ । पालिका स्तरमा सुरक्षा सम्बन्धि ज्ञान दिनका लागि निर्वाचन सुरक्षा योजना बनाउने तयारी गरिरहेका छौँ,’ उनले थपे । हातहतियार भित्र्न नदिन सबै निकायसँग समन्वय गरिरहेका छौँ,’ उनले थपे ।
पछिल्लो समय चाडपर्व समेत नजिकिदैँ गएकाले नकारात्मक गतिविधि हुन नदिन आफू गम्भीर रहेको उनलेे सुनाए । चाडपर्वमा गुण्डागर्दी हुने, जुवातास हुने लगायतका अपराधीक घट्ना हुन नदिन आफूले मुख्य भूमिका चाल्ने डिएसपी कार्की बताउँछन् । ‘चाडपर्व नजिकिएकाले यस्ता कुरामा हामी गम्भीर छौँ,’ उनी भन्छन्, ‘चाडपर्वमा मादक पदार्थ सेवन गरी हाईवेमा ओभर स्पीड सवारी चलाउनेमाथि पनि ट्राफिकसँग समन्वय भएर कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’
उनले गाउँघरमा अझै पनि महिला, बालबालिका तथा जेष्ठ नागरिकहरू असुरक्षित रहेको बताउँदै भने, ‘समग्रमा विद्यमान मनोसामाजिक अवस्था लाई परिवर्तन गर्दा शान्तिसुरक्षा कायम हुन्छ भने, त्यसतर्फ अन्तरक्रिया, सचेतनाका कार्यक्रम समुदाय सम्म पुर्याउन सकारात्मक रहेको बताउदै उक्त कुरामा आफू गम्भीर रहेको समेत उनलेे सुनाए ।’
समाजमा कानुन उल्लङ्घनका घटना हुन नदिन नागरिक अनुशासन पनि आवश्यक देखिएको डिएसपी कार्की बताउँछन् । ‘अपराध, कानुनको उल्लङ्घन र अवैध गतिविधी रोक्नु सबैको दायित्व हो,’ उनले भने, ‘त्यसका लागि नागरिक अनुशासन पनि महत्वपूर्ण हुन्छ ।’
प्रहरी प्रधान कार्यालयले निकालेको नियमित सरुवा अन्तर्गत डिएसपी कार्कीले नेपाल प्रहरी पहरा गण सामाखुसीबाट कटारी प्रहरी प्रमुखका रूपमा आइपुगेका हुन् ।
यसअघि कटारी प्रहरी प्रमुखमा डिएसपी मानबहादुर राई थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालमा सरुवा भएर गएपछि रविन कार्की यहाँ आएका हुन् ।
डिएसपी कार्कीले यसअघि जिल्ला प्रहरी कार्यालय दोलखा हुँदै ईलाका प्रहरी कार्यालय रत्ननगर, ईलाका प्रहरी कार्यालय कैलाली लम्कीको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्