कर्णाली प्रदेशमा कृष्णा शाह र रातो कामी मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकास मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिनुभएको थियो । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो ३ बजे उनीहरुलाई शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्