विश्वविद्यालय गुण्डागर्दीले त्रसित भयो: प्रदीप ज्ञवाली
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताएका छन् ।
‘उहाँहरुले दिने स्कुलिङ यही हो कि विश्वविद्यालयका प्राध्यापकहरुलई कुट, तिमीहरुलाई केही भयो भने प्रहरीबाट प्रोटेक्सन दिन्छौं । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं । कस्तो सन्देश दिन खोज्दैछौं हामी ? के मौका नपाएर मात्र मण्डले नभएको हो ?’
विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै भन्दै उनले आपत्ति जनाएका छन् ।
‘आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी संगठनको नेतृत्व गर्नुहुन्थ्यो । आजका गृहमन्त्री कुनै बेला त्यो संगठनको नेतृत्व गर्नुहुन्थ्यो । युनिभर्सिटीमा पढ्दा तत्कालीन पञ्चायतका गुण्डाहरुले आक्रमण गर्दा उहाँहरु पनि पर्नु भएको होला भन्ने ठान्छु के अब उहाँहरुले त्यही अवतारमा आफ्नो विद्यार्थी संगठनलाई लैजान खोज्नु भएको हो ?’
विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाएका छन् । यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग ुमेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदीप ज्ञवाली, #विश्वविद्यालय गुण्डागर्दीले त्रसित भयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्