एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्नेछ : रघुवीर महासेठ

काठमाण्डौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी गरेका छन् ।
“देशमा चुनावी वातावरण बनको छ । सबै पार्टीहरु निर्वाचनको तयारीमा जुटेका छन् । वडा कमिटीदेखि लिएर केन्द्रीय कमिटीसम्म, जे–जे निर्णय गर्नुपर्ने हो, त्यहीअनुसार दलले निर्वाचन प्रक्रिया अघि बढाएका छन् । एमालेले यसपटकको चुनावलाई गम्भीर रुपमा लिएको छ । जुन प्रकारको वातावरण गठबन्धन सरकारले सिर्जना गरिरहेको छ, त्यो देश र जनताको अनुकुल छैन् । एमाले राष्ट्रवादी पार्टी भएको हुनाले, जनताको आकांक्षालाई कसरी पूरा गर्ने, राष्ट्रियता कसरी बचाउने, बचाउनको लागि आउने चुनावमा सरकार बनाउन जरुरी देखिएकाले हामीले यसपटकको बैठकले एमालेले एक्लै चुनावको तयारी गर्नेगरि अघि बढेका छौं । केन्द्रीय निकायदेखि टोल कमिटीसम्मलाई आवश्यक निर्देशन दिईसकेको छ । यद्धपी हामीले स्थानीय तहमा भने कुनै–कुनै ठाउँमा, स्थानीय नेताले तालमेल गर्न ईच्छा जाहेर गरे, पार्टीले त्यसमा बाधा अड्चन गर्दैन् ।”
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिएका छन् । अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको उनको आरोप लगाएका छन् ।
“गठबन्धनमा आवद्ध दललाई आफ्नो दलको मात्रै चिन्ता छ । कुर्सी र सरकार प्यारो भएको छ ? कि जनता प्यारो छ त ? यसो हेर्दा, एकातिर एमाले छ भने अर्कोतिर गठबन्धन, उहाँहरु पाँच दलमात्रै होईन ७ दल एकै ठाउँमा आउने सोच्दै हुनुहुन्छ । तर, यो गठबन्धन लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन हो । यदि यो राष्ट्रघातीको गबठन्धन होइन भने, राष्ट्रको स्वाभिमानलाई तजोबध गर्नेगरि विदेशी भूमिमा नेपालका भिआईपीहरु, विदेशी प्रतिनिधिलाई राखेर जुन सम्झौता गरेर नेपाल फर्किनुभएको छ । फर्कनेबित्तिकै जुन प्रकारले, जलस्रोततर्फ पश्चिम सेती र सेती ६ परियोजना भारतीयलाई बुझाउने काम गरेको छ । यसले एमालेलाई मात्रै होईन, सबै नेपालीलाई दुःखी तुल्याएको छ ।”
उनले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होईन ? भन्दै प्रश्न उठाए । नेता महासेठले गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको गम्भीर आरोप लगाए ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्नेछ, #रघुवीर महासेठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्