आत्मनिर्भर नभएसम्म स्वाभिमानी बन्न सकिँदैन : रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताउनुभएको छ ।
नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले उत्पादन एवं उद्यमशिलताको विकासका माध्यमबाट आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मुलुकमा सरकार र शासनसत्ता परिवर्तन भएको मात्र नभई प्रणालीमा नै परिवर्तन आएको बताउँदै नेता पोखरेलले परिवर्तनलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । परिवर्तित संरचना अनुरुप संविधानले व्यवस्था गरे अनुसार कानून निर्माणमा सरकार जुटेको उल्लेख गर्दै नेता पोखरेलले आवश्यक ३३९ कानूनमध्ये हालसम्म २६ वटा मात्र पारित गरिएको जानकारी दिनुभयो ।
हालसम्म लगभग ११६ कानून संसद्मा पेश गरिएको जानकारी दिँदै उहाँले संविधानअनुसार आगामी फागुन मसान्तसम्म कानून पारित गरिसक्नुपर्ने उल्लेख गर्नुभयो । निर्वाचनमा जनता समक्ष व्यक्त गरिएका प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने कुरामा आफूहरू दृढ रहेको बताउँदै उहाँले त्यसका लागि पार्टी कार्यकर्ता सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउँदै उहाँले पार्टी कार्यकर्ता सङ्गठित बन्दै यसको प्रचारप्रसार गनुपर्ने आवश्यकता औँल्याउँनुभयो । कानून नबनेका कारण जन अपेक्षा पूरा हुन नसकेको वास्तविकतामा सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको बताउँदै नेता पोखरेलले षडयन्त्रलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।
सामाजिक सुरक्षाका क्षेत्रमा सरकार प्रतिबद्ध भएको बताउँदै उहाँले पाँचवर्षे कार्यकालमा ज्येष्ठ नागरिक भत्ता बढाएर रु पाँच हजार पु¥याउने उल्लेख गर्नुभयो । पार्टीको एकिकरणको काम तत्लो तहसम्म पुगिसकेको बताउँदै उहाँले सम्पूर्ण भातृसङ्गठन एवं शुभेच्छुक सङ्गठनका एकिकरण पनि चाँडै टुङ्गोमा पु¥याइने जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #रक्षामन्त्री पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्