Techie IT
बुधबार, माघ २३,२०८१

सिट बाँड्ने कार्यदलमा आआफ्नै दाबी कायम, भएन सहमति


काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको सिट बाँडफाँड गर्ने कार्यदलमा दलहरुले आआफ्नै दाबी कायम राखेपछि कुनै सहमति हुन सकेन ।

आजको कार्यदल बैठकमा कुनै पनि दलहरुले आफ्नो दाबी नछोडेपछि कुनै सहमति नभएको हो ।

अब कार्यदलको बैठकमा भएको विषय शीर्ष नेतृत्वलाई जानकारी गराइने बताइएको
छ ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्तारुढ गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545