नेकपा एकीकृत समाजवादी पार्टी गरिब र शोषितको पक्षमा छ: माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न भएको भन्दै आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्ने पार्टी भएको बताए ।
पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा बोल्दै उनले कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको पक्षमा कुनैपनि प्रकारको कदम नचालेको बताए ।
‘समाजमा विभिन्न वर्ग छन् । हामी समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आएका हौं । हामी अरु जस्तै होइनौं । हामी अरुभन्दा भिन्न हौं । हामी क्रान्तिकारी हौं । परिवर्तनकामी हौ । जनताको हितको रक्षा गर्ने योद्धाहरु हौं । देशको रक्षा गर्ने र जनताको हितप्रति समर्पित हुने योद्धाको रुपमा हाम्रो भूमिका नेपाली समाजले स्वीकारेको छ ।’
नेपालले अखिलका विद्यार्थीहरुलाई स्वार्थी र व्यक्तिवादी नबन्न सुझाव दिदैँ अब सम्पूर्ण ध्यान आगामि निर्वाचनमा पार्टीलाई जिताउनको लागि केन्द्रित हुनुपर्ने बताए ।
‘तपाईंहरु भ्रष्टाचारमा लिप्त नहुनुस् । इमानदारिता, निष्ठा र समर्पणको बाटो अंगाल्नुस् । आफ्नो कामबाट सबै विद्यार्थीको मन जित्नुस् । हामी इमान्दार भए मात्र जनताको विश्वास जित्न सक्छौ । हामी अरु संगठन भन्दा अगाडी जाने विषयमा ध्यान दिनुपर्छ ।’
उनले आफ्नो पार्टीले एमालेसँग विद्रोह नगरेको भए नेपालको राजनीति अहिले एउटा ठूलो सुरुङभित्र र प्रतिगामि अवस्थामा हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #माधवकुमार नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्