शान्ति सुरक्षाको माग गर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्ने नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ ।
आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन गरेको थियो, जसमा नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता पनि सामेल थिए ।
त्यस क्रममा दुवैपक्षबीच कुटपिट हुदाँ चारजना घाइते भए । तनाव सिर्जना भएको घटनामा नेविसंघको नेतृत्व गर्ने रावल हरि आचार्य नेतृत्वको नेविसंघ कमिटी सचिव हुन् ।
यसै सन्दर्भमा त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग पनि गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयमा
आचार्य पनि शिक्षक कुटपिट घटनाका मुख्य योजनकार हुन् ।
शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै मुद्दा फिर्ता लिएमा ‘शान्ति सुरक्षा र अमनचयन कायम हुने’ महान्यायाधीवक्ताको कार्यालयले राय दिएको थियो ।
सह–प्राध्यापक चलाउने चाहिँ सरकारले उनीहरुको मुद्दा फिर्ता लिए त्रिविमा गुण्डाराज झन् संस्थागत हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले जुन राय लेखेर मुद्दा फिर्ता लिन खोजिँदैछ, यसले विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आफ्ना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! भन्ने सन्देश जान्छ ।’
आरोपित रावल चाहिँ त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले अनेरास्ववियूका कार्यकर्ता प्रयोग गरेर ढुंगा हान्न लगाएपछि तनाव भएको बताउँछन् । ‘बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उपकुलपतिले अनेरास्ववियुलाई ढुंगा हान्न लगाउनु भएर लड्नको लागि निम्ता दिनुभयो, त्यो हामीलाई स्वीकार्य छ’ उनले अनलाइनखबरसँग भने ।
त्रिवि प्रशासनले प्रहरीको सहयोगले कुनै अप्रिय घटना हुन नपाएको जनाएको छ । नेविसंघका कार्यकर्ताहरु शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए ।
बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालय, #शान्ति सुरक्षाको माग गर्दै त्रिवि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्