Techie IT
सोमबार, वैशाख ८,२०८२

नागरिकता विधेयकबाट पछि हट्यो सरकार र सत्तारुढ गठबन्धन


काठमाडौं । वर्तमान सरकार र सत्तारुढ गठबन्धन नागरिकता विधेयकबाट केही पछि हटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पारित गरे पनि राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आज आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सदनमै छलफल गर्नुपर्ने अडानमा रहेको सरकार र सत्तारुढ गठबन्धन केही पछाडि हटेसँगै उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठाउन सम्भव भएको हो ।

देशव्यापी रूपमा विरोध भइरहेको विधेक प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको भए पनि राष्ट्रियसभामा सहमति खोज्न सकिने धारणा प्रमुख प्रतिपक्षी दलको पनि छ । तर, त्यसका लागि सरकारले नेकपा एमालेसँग पनि छलफल गर्नुपर्ने तर्क गर्दै आएको छ ।

उक्त विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेश गर्नेछ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545