चलचित्र झिँगे दाउ भदौ १७ गते शुक्रबारबाट प्रदर्शनमा आउने

काठमाण्डौ । चलचित्र झिँगे दाउ भदौ १७ गते शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा, कलाकारद्धय मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ ।
यो फिल्मले घरमा बुहारी भित्रिएपछि छोराहरुबिच कसरी झगडा सुरु हुन्छ र आमा–बाबुको परिवारमा नै उतारचढाव कसरी हुन्छ भन्ने देखाउन खोजेको छ ।
साहित्यकार भीमनिधि तिवारीको आख्यानमाथि चलचित्र निर्माण गरिएको हो ।
फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । फिल्ममा सुशिल दाहाल र इश्वर घिमिरे सह–निर्माताको रुपमा छन् । फिल्ममा प्रदीप भारद्धाजको कथा र संवाद, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । भीमनिधी तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।
अहिले कलाकारहरु तथा निर्माण युनिट चलचित्रको प्रचारप्रसारमा व्यस्त रहेका छन् । चलचित्रको टिजर, ट्रेलर र गीतहरुलाई दर्शकले मन पराइसकेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #चलचित्र झिँगे दाउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्