Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै


काठमाण्डौ । नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । बैठकमा नजिकिँदै गरेको संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

यसअघि हिजो केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो । बैठकले प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नेलगायतका महत्वपूर्ण निर्णयहरु गरेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545