Techie IT
सोमबार, वैशाख ८,२०८२

बागलुङका प्रहरी प्रमुख ज्ञवालीको ६ महिना : लागूऔषध कारोबारीदेखी जघन्य अपराधसम्मका घट्नामा उल्लेखनीय सफलता


बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीको कार्यकाल ६ महिना पूरा भएको छ ।

प्रहरी प्रधान कार्यालयको नियमित सरुवा अन्तर्गत गत, फागुन ११ गते नेपाल प्रहरी विशेष सुरक्षा गण, बेलचौतारा तनहुँबाट बागलुङको प्रहरी प्रमुखका रूपमा सरुवा भई आएका एसपी ज्ञवालीको कार्यकाल (शनिबार) ६ महिना पूरा भएको हो ।

यस बीचमा उनलेे शान्तिसुरक्षा नियन्त्रणका लागी कसैसँग सौदाबाजी गरेनन् । अपराध र अपराधीक गतिविधिलाई झरैदेखी उखल्ने सक्ने साहस भएका ज्ञवाली नेपाल प्रहरीभित्र एक ब्यावसायिक, निडर एवं कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा समेत चिनिन्छन् ।

एसपी दयानिधी ज्ञवाली 

झन्डै १९ बर्षअघि नेपाल प्रहरीको प्रहरी निरीक्षक बाट जागीरे जीवनमा प्रवेश गरेका ज्ञवालीले लागूऔषध दुब्यसनी, चोरी तथा जघन्य अपराध जस्ता गतिविधिलाई समेत नियन्त्रणमा लिन सफल रहे ।

सूचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती, नाकाहरुमा आकस्मिक प्रहरी चेकजाँच, सादा पोशाकमा प्रहरी तथा सिसिटिभी लगायतको निगरानी योजनाहरु कार्यान्वयनमा ल्याएका ज्ञवालीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहदै आएका अभियुक्त पक्राउ, पुराना तथा पेन्डिङमा रहेका मुद्दालाइ प्राथमिकता राखी जघन्य अपराधको सफल अनुसन्धान गर्नुको साथै, लागूऔषध नियन्त्रण, अवैध जडिबुटी, चोरी जस्ता क्षेत्रमा समेत उल्लेखीय कार्य गरेका छन् ।

यो अवधीमा उनी र उनको मातहतका प्रहरी कर्मचारीहरु शान्तिसुरक्षा नियन्त्रण तथा अपराध गतिविधि न्यूनीकरणमा दिनरात नभनी ओहोरात्र खटिरहेका छन् भने त्यस्को अलावा जघन्य अपराधका कसुरदारलाई नियन्त्रणमा लिन समेत उनी आफैं सक्रिय हुँदै आएका छन् ।

जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी जस्ता अपराधी गतिविधिलाइ नियन्त्रण लिन त उनलेे विशेष अप्रेसन नै सञ्चालनमा ल्याएका थिए ।

लागुऔषध जस्ता गतिविधिको नियन्त्रणमा निक्कै आक्रमक रहेका उनलेे ६ महिनाको अवधीमा १० पुरुष र २ महिला गरी १२ जनालाइ कानुनी दायरामा ल्याउन सफल भए ।

लागुऔषध फेनारगन ९०५ एम्पुल, डाइजेपाम ९२४ एम्पुल, नुफ्रीन ९१७ एम्पुल, अन्य १२२ एम्पुल, सात सय ग्राम, २ केजी तौल भएको गाँजा जस्तो देखिने धुलो पदार्थ र धुलो पार्न प्रयोग हुने फलामको मेसिन तथा ३९० ग्राम लागूऔषध गाँजासहित उनीहरुलाइ पक्राउ गरी आवश्यक कार्वाही गर्न उनी र उनको टिम नै सफल भए ।

त्यस्तै, बागलुङ ढोरपाटन नगरपालिका वडा नंम्बर १ बुर्तिबाङ बसपार्कमा रहेको निसी भल्कोट सन्दिप गेष्ट हाउसमा होटलको कोठामा १० केजी लागूऔषध (अफिम) छाडी फरार रहेकी रुकुम पूर्व पूथाउत्तरगंगा वडा नंम्बर २ की निर्वाचित महिला वडा सदस्य ३३ बर्षकी राखिलाक घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वको सहयोगमा रूकुम पूर्व सिस्ने ५ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

लागूऔषध नियन्त्रणमा विशेष प्राथमिकता राख्दै आएको बागलुङ प्रहरीले उनीहरुलाई विभिन्न स्थानहरूबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाइ सम्मानित बागलुङ जिल्ला अदालतको आदेशको आदेशले उनीहरुलाई पुर्पक्षका लागी कारागार पठाइएको प्रहरीले जनाएको छ ।

बजार क्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित सिसिटिभीको निगरानी, ड्रिंन्क एन्ड ड्राइभ नियन्त्रण गर्न मापसे चेकिङ्ग जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाएका छन् ।

अपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहालेमा तुरुन्त प्रहरी परिचालन गर्ने तथा अपराधमा संलग्न जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने जस्ता कार्यमा समेत बागलुङ प्रहरीले अब्बल नतिजा हात पारेको छ । त्यसैले पनि बागलुङ प्रहरी हाल अपराध नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम र उत्कृष्ट व्यवस्थापन गर्न सफल हुँदै गएको छ ।

यता, नक्कली डाक्टरलाई सक्कली डाक्टर हुँ भनी सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिता प्रमाणपत्र वितरण गर्नेलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भए ।

यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका २स्थित शंकर पोलिक्लिनिकमा सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिता प्रमाणपत्र वितरण गर्दै गरेको अवस्थामा धादिङबेशी नगरपालिका बस्ने २७ बर्षीया राम अर्याल र कावासोती नगरपालिका ०९ बस्ने २१ बर्षीया गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङको प्रहरी प्रमुखमा पदबहाल भएसँगै एसपी ज्ञवालीले विभिन्न जटिल परिस्थितका बाबजुद पनि जिल्लामा शान्ति सुरक्षा कायम मात्रै राखेनन् की प्रहरीको मनोबल बढाउने, जनतासँग प्रहरीलाई कसरी नजिक लैजाने र प्रहरी कार्यालयको व्यवस्थापनमा समेत उदाहरणीय काम गरेका छन् ।

सवारीसाधन तथा मातहतको ईकाईबाट आ – आफ्नो क्षेत्रहरुमा प्रहरी टोली परिचालन गरी विभिन्न कामहरु गर्न निर्देशन दिदै आएका उनले आफू र मातहतका प्रहरी इकाईहरुलाई समेत २४ सै घण्टा अलर्ट बस्न निर्देशन दिईसकेका छन् ।

उनको यहीँ निर्देशनका बाबजुद प्रहरीले बढाएको सक्रियताका बाबजुद तस्करी गरिएको एक करोड मूल्य बराबरको २५० किलो सुनाखरी जडीबुटीसहित प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ स्थायी घर भएकी देवी केसीलाई पक्राउ गर्‍यो ।

शंकास्पद अवस्थामा रहेकी ती महिलाको बोरा खानतलासी गर्दा प्रहरीले फरकफरक तौल भएका १० बोरा जडीबुटीसहित पक्राउ गरेको हो । बरामद भएको सुनाखरी बजार मूल्य प्रतिकिलो अन्दाजी ४० देखि ५० हजार पर्ने अनुमान छ ।

विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेर चोरी तथा फरार प्रतिवादीलाइ नियन्त्रणमा लिइ कानुनी दायरामा ल्याउन अगाडि उनी समाजमा भइरहने चोरीको धन्दा तथा विभिन्न मुद्दामा कैद सजाय पाई लामो समयदेखि फरार रहदै आएका प्रतिवादीहरुलाइ कानुनी कठघरामा उभ्याउन निरन्तर लागिपरे ।

उनको कार्यकालमा नै बागलुङ प्रहरीले लामो समयदेखि फरार रहदै आएका २० जना फरार प्रतिवादीलाई समेत छोटो समयमै पक्राउ गर्न सफल भयो । स्थानीय निर्वाचन तह २०७९ यता जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइहरुबाट पक्राउ परेकाहरु सबैलाई पक्राउ गरी लगत कट्टाको लागी सम्मानित बागलुङ जिल्ला अदालत पठाएको थियो ।

लामो समयदेखि फरार रहेका प्रतिवादीलाइ नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुन्छ । तर, (एसपी) ज्ञवालीले परिचालन गरेको टिमले छोटो समयमै फरार प्रतिवादीलाई कानुनी कठघरामा उभ्याउन सफल भए ।

जिल्लामा शान्तिसुरक्षा, अमनचैंन कायम गर्न, अपराध र दुर्घटना न्यूनीकरण गर्न र खबर संकलन गर्न विभिन्न सामाजिक जनचेतनामूलक कामहरु समेत गरेका छन् । जसको स्थानीयले खुलेरै प्रशंसा गरेका छन् ।

नागरिकका गुनासो सुन्ने तथा सुक्ष्म तवरले त्यस्को अनुसन्धान गर्ने एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिने (एसपी) ज्ञवालीको कमान्ड आइसकेपछि बागलुङ प्रहरीले कैयौं महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सफल भएको छ ।

स्कुटर चोरी गर्ने बागलुङ नगरपालिका वडा नंम्बर ३ मुल्पानीका १८ बर्षीया कुनाल बोहोरा र दुई नाबालकलाई समेत उनलेे केही दिनमै पक्राउ गर्न सफल भए ।

प्रहरीले परीवर्तित जिल्ला ४५ अन्तर्गत बस्ने वर्ष १६ को नाम, थर परीवर्तन गरीएका ०७८/०७९-४५(आइ) र परीवर्तित जिल्ला ४५ अन्तर्गत बस्ने १६ बर्षीया नाम, थर परीवर्तन गरिएका ०७८/०७९-४५(जे) लाई पक्राउ गरेको हो ।

उनीहरुले चोरी गरेको स्कुटर प्रहरीले बागलुङ नगरपालिका १ माल्ढुङ्गास्थित कालिगण्डकी खोलाको छेउ बगरबाट वेवारिसे अवस्थामा फेला पारेको थियो ।

त्यस्तै, गिट्टी बालुवाको उत्खननमा समेत उनी निक्कै आक्रमक रूपमा अघि देखिएका छन् । अवैध रूपमा ढुंगा तथा बालुवा उत्खनन गर्ने ७ ट्याक्टर बालुवा, ८ ट्याक्टर ढुंगा, २ ट्याक्टर गिटी, एक टिप्पर बालुवा र दुई टिप्पर ढुंगासहित आवश्यक कारवाहीको लागि बागलुङ नगरपालिकामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले अबैधरूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा बागलुङ नगरपालिका वडा नंम्बर १ स्थित कालिगण्डकी नदि किनारबाट ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

बागलुङ प्रहरीको अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै अनुसन्धान प्रतिको सकारात्मक दृष्टिकोण, संस्थागत पारदर्शीता राख्न र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले बजार परिसरमा एसपी ज्ञवालीले विशेष प्रहरीलाई परिचालन गर्दै अपराध र अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिन सक्रिय देखिन्छन् ।

फागुन एक गते बिहान साँढे १० बजे बागलुङ निसिखोला गाउँपालिका वडा नंम्बर ५ स्थित कामीडाँडा बस्ने गुन बहादुर कामीको छोरा अन्दाजी २५ बर्षीया फर्से भन्ने तुल बहादुर बिकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनको श्रीमती २२ बर्षीया कुमारी कामी र नातामा साली पर्ने १८ बर्षीया मनिषा बिकलाई घट्नाको घटेको साँढे ५६ घण्टा भित्रै पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको हो ।

तुलबहादुरको बागलुङको निसिखोला गाउँपालिका वडा नंम्बर ४ कालीमाटीस्थित निसिखोलाको किनारमा घाँटी काटिएको अवस्थामा टाउको नभएको लाश प्रहरीले फेला पारेको थियो ।

खोलामा अड्किएको अवस्थामा शव फेला परेको खबर स्थानीयले प्रहरीलाई खबर गराए संगै जिल्ला प्रहरी कार्यालय बागलुङबाट एसपी दयानिधी ज्ञवालीको नेतृत्वमा पाँच प्रहरी निरीक्षकसहित ३२ जना प्रहरीको टोली घट्नास्थलतर्फ परिचालन भएको थियो । टाउको बिनाको शव भेटिएको हत्या प्रकरण जस्ता जघन्य अपराधमा संलग्न अपराधीहरुलाई पक्राउ गर्न बागलुङ प्रहरी सफल भएको यो तथ्यले नै स्पष्ट पार्दछ ।

त्यस्तै, अवैध हातहतियार पेस्तोल सहित बागलुङ बडिगाड गाउँपालिका ०५ बस्ने ३५ बर्षीया श्याम बहादुर रेश्‍मीलाई हतियार लुकाईछिपाई राखेको अवस्थामा मेड इन, युएसए एन१११७ लेखिएको पेस्तोल एक थान, म्याग्जिन एक थान, सो हतियारमा प्रयोग हुने गोली ४ राउण्डसहित प्रहरीले पक्राउ गरेको छ ।

उता, सुन र नगद चोरी गर्ने र चोरीका सुनका गरगहना खरिद गर्ने न्यु बलेवा एन्जल सुनचाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका वडा नंम्बर १२ बस्ने टेक बहादुर बिकसहित बागलुङ निसिखोला वडा नंम्बर ७ राजकुत बस्ने ३१ बर्षीया जित भन्ने बोम बहादुर घर्ती मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङ साविक अधिकारीचौर वडा नंम्बर ९ कायम ढोरपाटन नगरपालिका वडा नंम्बर ५ मस्तिस्थित बस्ने ६८ बर्षीया हिरा कुमारी कुँवरको घरबाट २ तोला ५० लालको सुनको सिक्री एक थान, ३० लालको सुनको लकेट एक थान र नगद पन्ध्र हजार चोरी गरी फरार रहेका थिए ।

त्यस्तै, अघिल्लो आर्थिक बर्षमा बागलुङमा ८ वटा शिर्षकमा कर्तव्यज्यान मुद्दाका घट्ना भएकोमा ती सबै मुद्दाका अभियुक्तहरुलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।

२०७९ बैशाख २० गते बिहान साँढे आठ बजे आफ्नै श्रीमान ४२ बर्षीया दिल बहादुर दर्जीलाई कुटपिट गरी घाइते बनाइ उपचारका क्रममा ज्यान गुमाएका दर्जीका हत्यारा टक मला दर्जी, बागलुङ नगरपालिका १४ नमूना गाउँमा गोबिन्द नेपाली र तिला सार्कीलाई आपत्तिजनक अवस्था फेला पारेपछि त्यसको रीसको झोंकमा आफ्नै श्रीमतीको हत्या गर्ने सार्की र नाजायज सम्बन्ध राख्न खोज्ने नेपाली (दुवै) लाई बागलुङ प्रहरीले पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

उता, राजर्श्व छल्ने उद्देश्यले बिल तथा कागजात बिनाका मोबाईल बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अवैध मोबाईलसहित स्याङ्जा वालिङ नगरपालिका १३ बस्ने ३८ बर्षीया जिवलाल गैह्रे र सर्लाही धनकौल ३ बस्ने ४२ बर्षीया चुनचुन मिश्रालाइ २०७९ जेठ १९ गते बागलुङ २ हल्लनचोकस्थित सार्वजनिक सडकबाट प्रहरीले पक्राउ गरेको थियोे ।

कम जनशक्तिको बाबजुद पनि (एसपी) ज्ञवालीले परिचालन गरेका प्रहरी यतिबेला ओहोरात्र खटिएका छन् । उनको यो मिहेनत र लगावले गर्दा नै बागलुङबासीले सुरक्षाको प्रत्याभुती गर्न पाएका छन् । अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरु पक्राउ पर्दा पीडितले पनि समयमै न्याय पाउने गरेका छ्न् ।

अपराध नियन्त्रण र निर्मुल पारी सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भूमिका समाज गर्न सदैव अग्रसर रहने (एसपी) ज्ञवालीले आफुलाइ संगठन प्रमुखले जुन उद्देश्यले यहाँ खटाइएको छ । त्यसको कुनै पनि हालतमा बिचलित नभइ सदैव सेवामा सम्पर्ति रहने बताए ।

गृहमन्त्रीज्युको ८२ बुँदे कार्यक्रम अनुसार टोलटोलमा प्रहरी कार्यक्रम अन्तर्गत लागूऔषध नियन्त्रण अभियान, भयमुक्त समाजको निर्माण र जनमैंत्री प्रहरी सेवालाई अवलम्बन गरी अभियानको रुपमा सञ्चालन गरेको एसपी ज्ञवाली बताउँछन् ।

मैले गृहमन्त्रीज्युको ८२ बुँदे कार्यक्रम अनुसार र नेपाल प्रहरी संगठनको प्रमुखज्यु बाट जारी भएको १० बुँदे प्राथमिकतालाई अक्षरश पालना गरी निर्देशनाअनुसार कार्य सम्पादन गरेको हुँ । सो अवधिमा मातहत र आफू रहेको कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा आवश्यक निर्देशन प्रदान गरेको र दर्ता भएका मुद्दामा प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइ कार्वाही समेत गरेको छु ।

उनलेे भने, आफू मातहतका सम्पूर्ण सक्कल दर्जाका प्रहरी कर्मचारीको सहयोगले नै जिल्लामा शान्तिसुरक्षा कायम राख्न सफल भएको बताए । उनी भन्छन्: प्रहरीको कर्तव्य नै जनताको शान्ति सुरक्षामा ध्यान दिनु हो । त्यसका लागि यहाँ सरुवा हुने बित्तिकै सबै प्रहरीको साथ लिएर हामी दिनरात नभनी अहोरात्र खटियौं ।

यहाँका आम जनता, व्यवसायी, विद्यार्थी , पेशाकर्मीले शान्तिसुरक्षाको महसूस गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । स्थानीयको शन्तिसुरक्षा प्रत्याभूतिका लागि निरन्तर हामी लागिरहनेछौं ।’ उनको यो भनाइले पनि स्पष्ट पार्दछ कि अहिले सम्म बागलुङ भित्रीएका प्रहरी अधिकृतहरूमध्य उनी जति ‘लोकप्रिय’ छन्, उनले त्यति नै ‘उल्लेखनीय’ काम समेत गर्न थालेका छन् ।

नागरिकमैंत्री प्रहरी ढाँचालाई मस्तिष्कमा मात्र होइन, व्यवहारमा नै उतार्न सीपालु रहेका एसपी ज्ञवालीले मानवअधिकारको सम्मान, कानुनी राज्यको स्थापना, कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम नै प्रहरी संगठनको मुख्य जिम्मेवारी रहेको औल्याउँन्छन् ।

नागरिकमैंत्री प्रहरी अहिलेको आवश्यकता नै हो । त्यसैले आफू नेतृत्वको संगठनका हरेक संरचनामा जिल्लाका एसपी ज्ञवालीको स्पष्ट निर्देशन छ – जनमैंत्री हुनु ! ज्ञवालीको चर्चा एसपी हुँदा मात्र होइन, संगठनका महत्वपूर्ण ठाउँको विशेष जिम्मेवारी सम्हाल्दै थियो । त्यसको निर्विकल्प निर्णयका आधारमा संँगठन हाँक्ने मौका पाएदेखि नै उनी सक्रिय रहँदै आएका छन् ।

काम र संँगठनका लागी उनी जति लोकप्रिय छन्, त्यति नै अपराध र अपराधीविरुद्ध समेत उनी कठोरता रूपमा प्रस्तुत हुने, जुनसुकै अपराध निर्मूल पार्ने र जादुमयी योजना । जति सुरक्षाप्रति उनको चिन्ता छ त्यति नै संँगठन सुधार निम्ति चासो पनि । त्यसैले उनी आफ्नु जिम्मेवारीको कार्यकालभरी सेतो घोडाको दौडमा अघि बढ्ने संकेत जिल्लामा प्रवेश गरेको भोलिपल्टैदेखि गरे ।

संगठन, समाज, राज्य, कानुन चारैतिरका अस्रेल्ल सम्बन्धलाई लयमा बाँधेर अघि बढ्ने चासो समेत राखेका कारण उनलाई बागलुङमा ‘अलर्ट एसपी’ को रूपमा समेत लिन थालिएको छ । उनलेे आफू र आफ्नो मातहतका इमान्दारी प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् भने दैनिकीजसो कडाइका साथ बिफ्रीङ्ग समेत गरिरहेका छन् ।

उनलेे समस्यालाई सूक्ष्म ढंगबाट जसले बुझ्न सक्यो, त्यो नै असली नेतृत्वकर्ता हुन्छ भने अनुसार त्यसलाई प्रमाणित गर्न उनलेे गरेको कार्यप्रगती नै उनका लागी काफी छ ।

बितेको ६ महिनामा विभिन्न राम्रो काम गरेर बागलुङबासीको मन जित्न सफल भएका छन् । तत्कालीन प्रहरी प्रमुख (एसपी) कृष्ण बहादुर पल्ली मगरको सरुवा भएलगत्तै (एसपी) ज्ञवालीले बागलुङ जिल्लाको अवसर पाएका थिए ।

आफ्नु कार्यकाल अवधिभर निष्पक्ष रुपमा जनताको काम छिटोछरितो गर्ने अनि प्रविधी मैंत्री प्रहरी अनुसन्धान, प्रहरी हाम्रो टोलमा, प्रहरी मेरो साथी अभियानलाई निरन्तलाई दिने, ट्राफिक नियमलाई कडाइका साथ लागू गर्ने जस्ता जघन्य अपराध र लागुऔषध अपराधमा लाग्नेलाई कारवाहीको दायरामा ल्याउने समेत उनलेे बताएका थिए ।

प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु बागलुङ आएको समेत सो अवसरमा उनलेे जानकारी दिए । (एसपी) ज्ञवालीले भने, म सङ्गठनको विश्वास कायम राख्दै काम गर्ने गर्छु, यहाँ विभिन्न जात, समुदाय र वर्गका मानिसको बसोबास भएको जिल्ला हो । सबैको आवाज सुनुवाइ गर्न सक्ने वातावरण बनाउँदै लगेको छु ।’ कसैको चाकडी होईन, उनलेे भने ।

कुनै पनि घटना समाजमा घट्छ भने त्यसको अपराधी देख्ने पहिलो साक्षी समाज नै हुन्छ, (एसपी) ज्ञवालीले भने त्यसकारण जब आपराधिक क्रियाकलापका विरुद्ध नागरिक बोल्छ तब मात्रै हामीले चाहेको समाजको परिकल्पना गर्न सक्छौं र अपराधलाई जरैबाट उखेल्न सक्छौं, नत्र भन्न सकिदैन ।

यता, एक प्रहरी अधिकृतका अनुसार प्रहरीले काम शान्ति सुरक्षा र अपराध नियन्त्रण नै रहेको बताउँछन् । गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसा आदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनीहरूको लागी प्रमुख चुनौती हुने छ ।

यसमा आम नागरिकको सहयोग र सूचना चाहिने गर्छ । यसमा महिला प्रहरी कमान्डको सफलतामा आम नागरिकको साथ र सहयोग कस्तो हुन्छ त्यसमा समेत भर पर्ने सुरक्षा विज्ञहरू बताउँछन् ।

‘प्रहरीमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएको छ’ यो ओपन सेक्रेट नै छ । यस्तोमा राजनीतिक नेतृत्वसँगको समन्वय र सहकार्यलाई रणनीतिक रूपमा कसरी अगाडि बढाउन सक्छन् अथवा सक्दैनन् । त्यो नेतृत्वको कार्यकुशलतामा निर्भर रहन्छ, एक प्रहरी अधिकृतले भने ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545