Techie IT
सोमबार, वैशाख ८,२०८२

उस्मा राईको स्वरमा रहेको तिज गित “रातो सारी…” सार्वजनिक (भिडिओ हेर्नुस् )


उस्मा राईको स्वरमा रहेको तिज गित “रातो सारी…” हालै बजारमा आएको छ ।गायिकालाई कोरसमा संगीता रानापायलीले साथ दिएकी छिन् ।

गितको शब्द कोर्ने काम भानुभक्त ढकालले गरेका छ्न् भने मोहन मगरले संगीत भरेका छन् । यस गित हाईलाईट्स नेपालबाट रिलिज गरिएको छ। सार्वजनिक गीतलाई रोशन वान्तवाले एरेन्ज गरेका हुन्।

मोहन मगरले निर्देशन गरेको म्युजिक भिडीयोमा अनु कार्की र सबिना खत्री फिचर्ड छन् । भिडिओलाई अमृत सागरले खिचेका हुन् भने सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ।गितमा नृत्य निर्देशन दिलिप पौडेलको रहेको छ ।गितलाई ब्लु बेरी मिडियाले बजारमा ल्याएको हो। राम्रो शब्द संगीतमा काम गर्न पाउँदा खुशी लागेको गायिका उस्मा राई बताउछिन् ।

गितमा तिजको बेला माईत जाने,साथीसङ्गी रमाईलो गर्ने र नाच्ने जस्ता कुरालाई कलात्मक तवरले प्रस्तुत गरिएको गीतकार भानुभक्त ढकाल बताउछन् ।

गितबाट आफुले धेरै नै अपेक्षा राखेको र गीत बजारमा चल्ने कुरामा आफू ढुक्क रहेको संगीतकार\निर्देशक मोहन मगर बताउँछन् ।

भिडिओ हेर्नुस्


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #(भिडिओ हेर्नुस्, #रातो सारी..."


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:31 am6:33 pm +0545