Techie IT
आईतबार, वैशाख ७,२०८२

बागमती प्रदेशकै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय चितवन छनौट


चितवन । जिल्ला प्रहरी कार्यालय चितवन बागमती प्रदेशकै अब्बल प्रहरी कार्यालय बन्न सफल भएको छ । आज (आइतबार) बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा चितवन प्रहरी कार्य सम्पादनमा बागमती प्रदेशकै अब्बल भएको ठहर सहित सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) किरण बज्राचार्यका अनुसार गत आवको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय चितवन सर्वोत्कृष्ट भएको हो । काठमाडौं उपत्यका बाहेक विभिन्न दस जिल्लामा गरिएको कार्यसम्पादन मुल्यांकनका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले सर्वोकृष्ठ स्थान हासिल गर्न सफल भएको उनलेे बताइन् ।

त्यस्तै, जिल्ला बाहेक अन्य कार्यालयतर्फ बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीलाई सम्मान गरिएको थियो भने सम्झौताको कार्यान्वयनमा सक्रियता देखाउने जिल्ला प्रहरी कार्यालय रामेछापलाई प्रदेश प्रहरी कार्यालयले प्रशंसापत्रबाट सम्मान गरेको थियो ।

बागमती प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा प्रकाशीत गरेका हौं । उनलेे भनिन् : प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा प्रदेशबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरिएको हो ।

अहिले चितवन प्रहरीको नेतृत्व (एसपी) नवराज अधिकारीले गरिरहेका छन् । (एसपी) अधिकारी यसअघि बागमती प्रदेश सरकारबाट शान्तिमाला पदकद्वारा पुरास्कृत भएका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट फागुनमा सरुवा भई चितवन आएका एसपी अधिकारीको नेतृत्वमा परिचालित चितवन प्रहरीको सक्रिय भुमिका देखिएको थियो । अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका (एसपी) अधिकारी एउटा सफल अनुसन्धानकर्मी को रूपमा समेत चिनिन्छन् ।

उनी जिल्लामा सरुवा भएर आएपछि छोटो समय मै करोडौं मूल्य बराबरको तस्करीका सामान बरामद, फरार प्रतिवादी पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा बुझाइ सफल भुमिका निभाउनुको साथै जिल्लाको शान्तिसुरक्षा समेत चुस्तदुरुस्त बनाउन सफल भएका थिए ।

उता, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमका वीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंँग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९ – ०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ ।

सम्झौता गरिएका कार्यालयहरुमा बागमती जिल्ला प्रहरी कार्यालय १०, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखहरुसंँग प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले कार्यसम्पादन सम्झौता गरेकी थिइन् ।

जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३४ वटा, ट्राफिकको लागि २२ र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु समेत प्रदान गरेको छ । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मुल्याङकनको बारेमा तथा चालु आव २०७९-०८० को सम्झौता बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा मातहत प्रहरी प्रमुखहरुले श्रावण महिनाको तुलनात्मक समग्र कार्यसम्पादनको बारेमा प्रस्तुतिकरण गरेको थियो भने प्रदेश प्रहरी प्रमुखले आज गरिएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने, आसन्न संघीय एवं प्रदेश सभा निर्वाचन सुरक्षा योजना सहित तयारीका कार्यहरु गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिएकी थिइन् ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनले पनि तोकिएको जिम्मेवारीमा उच्च ब्यवसायिकता प्रदर्शन गर्दै लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्दै चितवनलाइ सर्वोत्कृष्ट स्थानमा पुर्‍याउन सहयोग गर्ने जिल्ला तथा मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरिएको प्रहरीले जनाएको छ । साथै, सम्पादित कार्यको मुल्याङकन गर्दा जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रथम स्थानमा छनौट गर्नु भएकोमा बागमती प्रदेश प्रहरी कार्यालय तथा प्रहरी नायव महानिरीक्षक प्रति समेत आभार ब्यक्त गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545