Techie IT
सोमबार, वैशाख ८,२०८२

बागलुङको निसीखोलामा टाउको बिनाको शव फेला, एसपी आफैं फिल्डमा खटिए


बागलुङ । बागलुङको निसीखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ ।

झिवाखोला बजार नजिकै रहेको निसीखोलामा सोही ठाउँका कामिडेरा निवासी २४ वर्षीया तुल बहादुर बिकको शव हिजो बुधबार फेला परेको हो ।

बुधबार शव फेला परे पनि शवको टाउको नै नभएपछि प्रहरीले उनको पहिचान गर्न सकेको थिएन । तर, हातमा खोपेको ट्याटुको माध्यमबाट भने प्रहरीले उनको शवलाइ पहिचान गरेको हो ।

आज बिहीबार शवको पहिचान भए पनि टाउको भने अझैसम्म फेला परेको छैनन् । हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने बागलुङ प्रहरीको अनुमान छ ।

एसपी नै फिल्डमा खटिए 
यता, स्थानीय तुलबहादुर बिकको शव फेला परे संगै अहिले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली आफैं फिल्डमा खटिएका छन् ।

स्थानीयले शव फेला परेको खबर प्रहरीलाई गराएसंँगै एसपी ज्ञवालीको कमान्डमा बागलुङ प्रहरी घट्नास्थलतर्फ गएको हो । उनको कमान्डमा एक प्रहरी निरीक्षक सहित ६ जना प्रहरीले बुधबारदेखि नै अनुसन्धान गरिरहेको छ ।

घट्नाबारे बागलुङ प्रहरीका प्रमुख दयानिधी ज्ञवालीले अहिलेसम्म कुनै सुराक नपाएको बताएका छन् । अहिलेसम्म केही सुराक पाएका छौँ, उनलेे भने हामी घट्नाका बिषयमा गहिरो ढंगले अध्ययन तथा अनुसन्धान गरिरहेका छौँ । केही दिनमै हामी यथार्थ बाहिर ल्याउन्छौं ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545