Techie IT
सोमबार, वैशाख ८,२०८२

नागरिकता विधेयक ‘हेड काउन्ट’ गर्ने विषय होईन : प्रदीप ज्ञवाली


काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तासँग बहुमत भएपनि नागरिकता विधेयक ‘हेड काउन्ट’ गर्ने विषय नभएको बताएका छन् ।
आज बसेकोे प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित नहुने यदि टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो नहुने ज्ञवलीको भनाई छ ।
‘यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित हुन्न । हामीलाई अहिले एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो यो टुंग्याउनु जरूरी छ । यसमा प्रमुख प्रतिपक्ष दल रचनात्मक ढंगाले सहयोग गर्न तयार छ । तर यसलाई जबरजस्ती गरेर टाउकाको गन्ती गरेर यसको आधारमा गरियो भने यसको परिणाम राम्रो हुँदैनन् ।’

छिटो भन्दा छिटो यो विषयलाई टुङग्यानु पर्ने र यो कार्य गर्न एमाले सधैं तत्पर रहने बताएका छन्
नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्दै संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताएका छन् ।

 

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नागरिकता विधेयक ‘हेड काउन्ट’ गर्ने विषय होईन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545